Skip to main content

Posts

Showing posts from September, 2018

निराजन र प्रविशाको रोमान्टिक गीत 'बिस्तारै बिस्तारै' सार्बजनिक, हेर्नुहोस (भिडियो सहित)

गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको सुमधुर स्वरमा रहेको आधुनिक प्रेम गीत ‘बिस्तारै बिस्तारै’को भिडियो रिलिज गरिएको छ । उक्त भिडियोमा सागर थापा र स्वाती श्रेष्ठको अभिनय रहनुका साथै प्रमोद कोइरालाको शब्द तथा सङ्गीत, दर्जनौँ नेपाली चलचित्रका सह-निर्देशक गणेश शाहीको निर्देशन, फराज अर्पणको छायाङ्कन तथा सम्पादन, प्रविन राईको ड्रोन, आदि रहेको छ भने निरा कँडेल, जानकी देवी कँडेल र जोफ्रे मिरेन्जी निर्माता रहेको उक्त भिडियोमा बाल कलाकारको रुपमा शाश्वत र अनुश्रेया छन् भने राजेश बिशुराल र स्विक्षा राज बिशुरालको पनि अभिनय रहेको छ । गीतको भिडियोले बालापनदेखि नै प्रेमलाई दर्शाएको छ । बाल्यकालमा अनायासै टाढिएको प्रेम किशोरावस्थामा पुनः प्राप्त हुनु नै भिडियोको मुख्य कथा रहेको छ । गीतले प्रेमीप्रेमिका एक आपसमा गहिरो प्रेममा रहेको दिन्छ। गायक निराजन कँडेलले आफ्ना सबै गीतमध्ये बढी आशा गरेको गीत ‘बिस्तारै बिस्तारै’ गायिका प्रविशा अधिकारीको आफ्नो एकल स्वरमा चाडै बजारमा आउने भएको छ। उक्त सांगीतिक भिडियो 'बिस्तारै बिस्तारै' हेर्न तल थिच्नुहोस।