Skip to main content

Posts

Showing posts from April, 2018

'ति दिनहरु' गाएर सम्झिए बिभुले आफ्नी प्रेमिकालाई (भिडियो सहित)

यो सन्दर्भ हो हालै नेपाली संगीत बजारमा भित्रिएको नयाँ मर्मस्पर्शी पप सांगीतिक भिडियो “ति दिनहरु”को । स्नातक तह पढिरहेका युवा कलाकार बिभु बजगाईं द्वारा निर्मित “ति दिनहरु” बजारमा आएको छ । उक्त गीत बिभु बजगाईं को आफ्नै युटुब च्यानलबाट बजारमा यहि चैत्र २३ गते रिलिज गरिएको छ । सुन्दर  शालीनता रेग्मी र प्रतिभाशाली कलाकार बिभु बजगाईंको अभिनय, Orange Studioको एरेन्ज तथा सम्पादन, बिभु बजगाईंकै मनै छुने शब्द तथा संगीत रहेको उक्त गीत अहिले नेपाली बजारमा राम्रो प्रतिक्रियाका साथ अघि बढ्दैछ । उक्त गीत “ति दिनहरु" हेर्न तल दिएको भिडियोमा थिच्नुहोस। बिभु बजगाईंले आफ्नी प्रेमिकालाई सम्झी कोरेका मर्मस्पर्शी शब्द यस प्रकार छन् : सपना देखे आज तिम्रो  सोची रहे हाम्रो  पुराना ति दिन बारेमा खुसि थिए जब तिमि  मेरो जीवन हुदा खेरि  बिगतका ति पल हरुमा आज सम्म औदैछ तिम्रो याद  कयौ बिते दिन र रात तिम्ले छाडेको मलाई बर्सौ भएनी हो भुलेउ तिम्ले तर सकिन भुल्न मैले झंझाली याद आउक्ष जैले तिमि अर्कैको जेवन साथी रहेनी किन .... यस्तो ..... गारो..... भयो मलाई कसरी ...

डण्डीबियो खेल्दै खगेन्द्र लामिछाने (भिडियो सहित)

लेखक तथा अभिनेता खगेन्द्र लामिछाने अभिनित फिल्म ‘डमरुको डण्डीबियो’ को ट्रेलर सार्वजनिक भएको छ साथै पहिलो गीत पनि सार्वजनिक भएको छ ।  छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्ममा कलाकार अनुप बराल डण्डीबियो प्रशिक्षकको भूमिकामा देखिएका छन् । उक्त फिल्ममा अंकित खड्का, अशान्त शर्मा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार लगायतको पनि अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् । उक्त फिल्म ‘डमरुको डण्डीबियो’   को ट्रेलर हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।

नेपाली नायिका संचिता लुइँटेलले भुवन प्रकाश बडूलाई धोका दिएपछि (भिडियो सहित)

यो सन्दर्भ हो,हालै नेपाली संगीत बजारमा आएको नयाँ मर्मस्पर्शी आधुनिक सांगीतिक भिडियो “गरिब कसरी गर्लान माया”को । शुदुर पश्चिमका पहिला एरेन्जरका रुपमा प्रख्यात कलाकार भुवन प्रकाश बडू द्वारा अभिनित श्याम प्रकास भट्टको “गरिब कसरी गर्लान माया” बजारमा आएको छ । उक्त गीत बिग परिवेश डिजिटलबाट बजारमा यहि चैत्र २० गते रिलिज गरिएको छ । नेपाली चलचित्रकी रानी मानिने संचिता लुइँटेल, श्याम प्रशाद भट्ट र भुवन प्रकाश बडू आदिको अभिनय, चर्चित डाइरेक्टर आशिक राइको निर्देशन, अमन बडूको सम्पादन, गोपाल सुचिकारको मनै छुने शब्द तथा संगीत, भुवन प्रकाश बडूकै एरेन्ज र जीवन बडूको मिक्स/मास्टर रहेको उक्त गीत अहिले नेपाली बजारमा राम्रो प्रतिक्रियाका साथ अघि बढ्दैछ । करिब दुइ दशक देखी संगीत क्षेत्रमा आफ्नो योगदान दिदै आएका प्रख्यात कलाकार भुवन प्रकाश बडू बताउनु हुन्छ “हामीले अहिलेका युवापिडीले खोजेको र हामीलाई मागेको गीत हामीले श्रोता तथा दर्शकलाई दिएका छौँ । यो गीत युवापीडीको मागमा बनेको हुँदा सबैले यो गीतलाई मन पराउने छन् भन्ने हामीले आशा लिएका छौँ ।” उक्त गीत “गरिब कसरी गर्लान माया” हेर्न तल दिएको भिडियोमा थिच्नुह

शेरा ब्राभो गीत गाउदै

शेरा ब्राभो अब गीत पनि गाउने भएका छन्। शेरा ब्राभो नेपाली संगीत क्षेत्रका एक उदाउदै गरेका कलाकार हुन्। उहा हाल पढ्दै छन् र साथै नेपाली संगीत क्षेत्रमा योगदान पनि दिदै आईरहेका छन्। उहाको आगामी पहिलो COVER गीत बजारमा आउदै छ। उक्त गीत उहाकै य़ुटुब च्यानल बाट आउने उहाले बताएका छन्। गीत को बोल 'तु किसी औरको चाहे' रहेको छ जुन K.K द्वारा गाईएको हिन्दि गीत हो ।