Skip to main content

Posts

Showing posts from July, 2018

सुदुरपस्चिमेलि शैलीका सब्द र रचनाका साथ जनक ताम्राकार र महेश ताम्राकारको 'लौ सररर' सार्बजनिक, हेर्नुस (भिडियो सहित)

जनक ताम्राकार र महेश ताम्राकार फेरि आएका छन् सुदुरपस्चिमेलि शैलीका मिठा डोटेली सब्द र रचनाका साथ,लौ सररर लिएर सारा नेपालीहरुका माझ । यस दाजु भाइको जोडी सुदुरपस्चिमेलि शैलीको रचना गर्न अत्यन्तै माहिर छ। अल्मोडा उप्रेतीको साथमा 'काफल कमला' सार्बजनिक हुनासाथ यो जोडी नेपालभर लोकप्रिय भएको हो। लौ सरररमा पस्चिम नेपालमा बोलिने डोटेली भाषाको एकदमै राम्रो र मिठो उपयोग गरिएको छ। उक्त सांगीतिक भिडियोमा उदय राज पौडेलको संगीत एरेन्ज, उज्वल श्रेयन महतको मिक्स र मास्टर, आकाश श्रेष्ठ र अलिशा राईको अभिनय, सुशील न्यौपानेको सम्पादन तथा रंग, उत्सव दाहाल र टोलीको छायांकन, सगर प्रधानको निर्देशन, जनक तमाराकारको मिठो आवाज र महेश ताम्राकारको मनछुने सब्द आदि रहेको छ। यहि २०७५ साल अषाढ २८ गते सार्बजनिक भएको यस सांगीतिक भिडियोको अडियो कृपा द्रिश्य डिजिटलमा रेकर्ड गरिएको हो भने भिडियो रेकर्ड हाउस प्रोडक्सन द्वारा प्रस्तुत गरिएको हो। यी दुइ भईको जोडीले फेरि पनि नेपाली संगीत बजारमा येस्तै मिठा गीत गरु पस्किरहने छन्। लौ सरररको सम्पूर्ण टोलिलाई रमाइलो हेडलाईन्सको तर्फा बाट सफलताको लागी हार्दिक सुभकामना ।

निजा पौडेलको पहिलो गीत 'ओह डियर' सार्बजनिक, हेर्नुस (भिडियो सहित)

कक्षा ११ मा अध्ययनरत निजा पौडेलले सोमबार आफ्नो जीवनको पहिलो सांगीतिक भिडियो ' ओह डियर' सार्बजनिक भएको छ । कभर गीतहरु थुप्रै गाएर आफ्नो युट्युव एकाउन्टमा हालेकि निजाले कभर गीत बाटै प्रसंसा पाउदै आएकि थिइन् । उक्त सांगीतिक भिडियोमा अविनाश थापाको सब्द, बिकाश चौधरीको संगीत, टेकेन्द्र शाहको सम्पादन, रबिन्द्र बरालको छायांकन, मिलन थापाको निर्देशन आदि रहेको छ। निजालाई गायनमा गायक विश्व नेपालीले साथ दिएका छन् । उक्त सांगीतिक भिडियो नेपालको लोकप्रिय युटुब च्यानल मिउजीक नेपालबाट यहि २०७५ साल अषाढ १८ गते सार्बजनिक भएको हो। सो गीतमा निजालाई गायनमा गायक विश्व नेपालीले साथ दिएका छन् । सानै उमेरबाट गीत गायनमा रुचि भएकि निजा पौडेलको सांगीतीक यात्रा यो सांगीतिक भिडियो संगै आरम्भ भएको छ। घरमा बाबा आमा र दाजुको समर्थन पाएकि निजा आफ्नो भविष्यको लक्ष्य एक सफल गायीका, मोडल तथा नायीका बन्ने रहेको बताउछिन् । निजाको सांगीतिक यात्रा तथा लक्ष्य सफलतापुर्बक पुरा होस्, रमाइलो हेड्लाइन्सको तर्फबाट निजालाई हार्दिक सुभकामना। निजा पौडेलको पहिलो गीत 'ओह डियर' हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस:-

दुई बोतल षड्काउने पछि मिस्टर आर.जे र सन्दिप थापाको 'टकिला प्याक' दूम मच्याउदै सुदुर पश्चिममा, हेर्नुस (भिडियो सहित)

दारु षड्काउनेको सफलता पछि फेरी सन्दिप थापा आएका छन् नेपाली संगीत बजारमा "टकिला प्याक" लिएर। उक्त सांगीतिक भिडियोमा मिस्टर आर.जेको बबाल प्रस्तुति पनि रहेको छ। सन्दिप थापा महाकाली अञ्चलमा पर्ने सुदुरपस्चिमकै प्यारो सहर महेन्द्रनगरमा बसछन्। उहाले बिगत देरै बर्सदेखी संगीत क्षेत्रमा योगदान दिदै आएकाछन्। उहा महेन्द्रनगरमा नृत्य पर्शिक्ष्यककारुपमा प्रसिध छन्। सन्दिप थापाको टकिला प्याकमा राज, रिचा र सोयम सन्दिपको अभिनय हुनुका साथै मिस्टर आर.जे र सुरेश भाटको र्याप लेखन, सन्दिप थापाको सब्द, केशब बडूको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्स र मस्टरिङ्ग, प्रकाश खड्काको छायांकन, मिलन बि.कको सम्पादन, बिक्रम चौहानको निर्देशन आदि रहेको छ। सन्दिप थापाको टकिला प्याक मिस्टर आर.जेको आधिकारिक युटुब च्यानल मार्फत देशभर यहि २०७५ साल जेष्ठ २६ गते सार्बजनिक भएको छ। सार्बजनिक पछि मिस्टर आर.जे र सन्दिप थापाको 'टकिला प्याक' दूम मच्याउदै सुदुर पश्चिममा युवा नेपाली माझ लोकप्रिय भएको छ। सन्दिप थापाको टकिला प्याक हेर्न तल थिच्नुहोस।