Skip to main content

Posts

Showing posts from May, 2018

'मिस्टर डि'को सनिवारको दिन यसरी बित्छ, हेर्नुस (भिडियो सहित)

यो सन्दर्भ हो हालै नेपाली सांगीतिक बजारमा भित्रिएको नयाँ गीत "सनिवार" को जसमा प्रतिभाशाली नेपाली चर्चित कलाकार सन्दिप बिष्ट उर्फ मिस्टर डि को सब्द र स्वर रहेको छ। उक्त गीत सुरज दाहालले निर्देशन गरेका हुन् भने जोहन पहाडीले छायांकन र सुमन तामाङले सम्पादन गरेका हुन्। गोबर ल्यठ नामक गीतबाट नेपालीको मनमा बस्न सफल सन्दिपले हाल सम्म गबर ल्यठ, थाहै भएन, हामि दरुवा, अघि हिड, सनिवार, आदि सांगीतिक भिडियो बाट नेपालभर चर्चा कमैसकेका छ। युटुबबाट सुरु भएको उनको यात्रालाई गोबर ल्यठले राम्रो प्रतिकिर्या दिएको थियो। नेपालको तराई भेगमा पर्ने हेटौडा सहरमा बस्ने सन्दिप अहिले नेपाली सांगीतिक बजारमा धमादम आफ्ना सिर्जनाहरु सार्बजनिक गरिरहेका छन्। 'मिस्टर डि'को सनिवार हेर्न तल थिच्नुहोस।

सुन्दर सुदुर पश्चिमेली भाषामा गायक निशान भटराई र राजेन्द्र भट्टको "भुन्टी" सार्बजनिक, हेर्नुस (भिडियो सहित)

नेपाल आईडलका प्रथम रनरअप गायक निशान भटराईको मधुर स्वरमा सुदुर पश्चिमका तारा गायक तथा संगीतकार राजेन्द्र भट्ट उर्फ मिस्टर आर.जे को मिठा सब्द संगीतमा नेपाली सांगीतिक भिडियो "भुन्टी" सार्बजनिक भएको छ। उक्त सांगीतिक भिडियोमा नेपाली नायिका एलिशा राई र स्वोयम गायक निशान भटराईको मुख्य अभिनय रहेको छ। सचिन गुप्ताको मिक्स र मास्टर,सागर पाण्डेको रेकर्डिङ्ग, मोहित मुनालको एरेन्ज, तेकेद्र शाहको सम्पादन तथा निर्देशन, शिशिर खातीको कोरियोग्राफी आदि रहेको सो गीत एटके एभरेस्ट मोसन पिक्चरको युटुब च्यानलबाट सार्बजनिक भएको छ। ठग लाइफ नेपालको सहयोग र लाइमलाइट नेपाल द्वारा सम्बद्ध रहेको उक्त गीतमा सुदुर पश्चिमेली भाषा र सुन्दर सुदुर पश्चिमकै मौलिक संस्कृतिको बेजोड प्रस्तुति हुनुका साथै गायक निशान भटराईको नृत्य पनि रहेको छ। उक्त नेपाली सांगीतिक भिडियो हेर्न तल थिच्नुहोस ।

धेरै पछि सारा नेपालीलाई रुवाउने अत्यन्तै मार्मिक गीत सार्बजनिक हेर्नुस (भिडियो सहित)

दोहोरी व्याटल मार्फत चर्चामा रहेका लोकप्रिय सर्जक तथा गायक प्रकाश सपुतको पछिल्लो समय सार्वजनिक भएको नयाँ गीत "बोल माया"ले तहल्तका पिटेको छ । त्यति मात्र होइन गितले धेरैलाई रुवाएको छ । यो समाचार तयार पार्दा सम्म गित धेरै हेरिएको भिडियो मध्ये एक नम्वरमा रहेको छ । अत्यन्तै उत्कृष्ट सो गितमा खोट लगाउने कुनै ठाँउ छैन भने गितको विषयबस्तु समेत सबैका आँखा रसाउने रहेको छ । गित सफल बने सँगै गायक तथा सर्जक गायक प्रकाश सपुतको चर्चाले शिखर छोएको छ भने सबैले प्रशंसाको पर्सानै गरेका छन । त्यस्तै गितमा अत्यन्तै न्याय गरेर गायकी गायीका शान्ती श्रीको पनि चर्चा चुलिएको छ । धन ल्याउने सपना वाेकेर प्रदेश पसेकाे श्रीमान काठकाे वाकसमा फर्किदा कुन नारीकाे मनमा खुसि छाउन सक्छ र यस्तै पिडाले सताउने गरेकाे एक मनै रूवाउने दर्दनाक गितमा चर्चित गायिका शान्ती श्री परियारले भक्कानिदै भनेकी छिन ।धन ल्याउछु भन्दै अाकशमा उडेर गएका थियाै तर वाकसमा फर्किएउ संगै जाम स्वर्ग भनेकाे भए वरू मै जाने थिईन र भन्दै भावविहल वनेकी छिन ।विचमै छाेडेर जाने भए किन विहे गरम गरम भनेउ भन्दै शान्ती श्री ले विलाैना गरेकी छिन यस्त

नेपाली ठिटोज संग सुनिल क्षेत्रि र प्रियंका कार्कीको दमदार नृत्य (भिडियो सहित)

गायिका सुमि चाम्लिङ्ग राइ र गायक शंकर स्माइलको संयुक्त आवाज रहेको नया गीत ` फास्ट फास्ट ´ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा डिपि खनालको शव्दहरु रहेको छ भने संगीत शंकर थापा स्माइलकै रहेको छ । क्यामेरामेन अनील के मानन्धरले छायांकन गरेको गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र कोरियोग्राफर सुनिल क्षेत्रीको निकै उत्कृष्ट अनि दमदार अभिनय रहेको छ । बन्दै गरेको चलचित्र `चिँ मुसि चिँ ´बाट सिनेमा जगतमा डेव्यू गरेका कोरियोग्राफर सुनिल क्षेत्री अब नायक हुदैछन भने यस्तै भारतीय टेलिभिजन च्यानल जिटिभीको नृत्यमा आधारित रियालिटी शो “डान्स इन्डिया डान्स सिजन–४” मा आफ्नो दमदार नृत्यबाट सबैलाई आश्चर्य चकित बनाएका “नेपाली ठिटोज” ग्रुपका लिड समेत हुन सुनिल क्षेत्री । उनको धेरै नेपाली म्युजिक भिडियो समेत सार्वजनिक गरिसकेका छन भने उनी अभिनित उनको ग्रुप अभिनित गीतको भिडियोले धेरै चर्चा समेत बटुलि सफल पनि भएका छन । सुनिलको कोरियोग्राफि तथा अभिनय रहेको नया गीत `फाष्ट फाष्ट´ बोलको गीतको भिडियोलाई बिकाश ज्ञवाली भिडियो सम्पादन गरेका हुन् । उक्त नेपाली सांगीतिक भिडियो "फाष

सामाजिक संजालमा भाईरल बालगायक अशोक दर्जीको प्रथम गीत सार्बजनिक (भिडियो सहित)

सामाजिक संजालमा भाईरल भएका बालगायक अशोक दर्जीको स्वरमा प्रथम गीत 'मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो' सार्बजनिक भएको छ, आफ्नो प्रतिभाले सारा नेपालीको मन जितेका बालगायक अशोक दर्जी साथमा चर्चित गायक टंक बुढाथोकीले उक्त गीतमा संगीत भर्नुका साथै बालगायक अशोक दर्जीलाई स्वरमा पनि साथ् दिएका छन्। उक्त गीतमा रिराज नेपाल क मनछुने सब्द, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन र टंक बुढाथोकीकै अरेन्ज र निर्देशन रहेको छ। उक्त गीत यहि २०७५ साल बैशाख २६ गते सार्बजनिक रिलिज भएको छ र सार्बजनिक हुनासाथ सामाजिक संजालमा उथम मचाइरहेको छ । नेपाली जनताले उक्त गीतलाई धेरै मनपराई रहेका छ । उक्त नेपाली सांगीतिक भिडियो "मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस।

सुजन मार्फाको छाताले मनाशी तामाङ्गलाई पार्यो हैरान हेर्नुस (भिडियो सहित)

यो सन्दर्भ हो हालै नेपाली संगीत बजारमा आएको भूपू पाण्डेको स्वरमा रहेको नेपाली सांगीतिक भिडियो "पानि पर्ला बाटैमा" को जसमा भारतको चर्चित नृत्य प्रतियोगिता डि.आइ.डि बाट चर्चा कमाएका कलाकार सुजन मार्फाको अभिनय रहेको छ। उक्त भिडियोमा उनकै नृत्य समूह 'दि एल्ड क्रु' को बेजोड नृत्य, भूपू पाण्डेकै संगीत र एरेन्ज, राम अविरल बिस्टको सब्द, नरेन्द्र वियोगीको मिक्सिंग, बिकाश ज्ञवालीको सम्पादन र रंग,पोशन घर्ति मगरको मादल आदि रहेको छ। उक्त नेपाली सांगीतिक भिडियो "पानि पर्ला बाटैमा" यहि २०७५ साल बैशाख २२ गते सार्बजनिक भएको हो। राम अविरल बिस्टद्वारा रचित नेपाली सांगीतिक भिडियो "पानि पर्ला बाटैमा" सब्दहरु यस प्रकार छन्। (आखाँ झिमीझिमी कता हिँड्यौ तिमी)२ कालो गाजल लपक्कै जुनकीरी झैँ धपक्कै छमछम छमछम चुरा हातैमा (छाता बोकि लैजाउ है पानी पर्ला बाटैमा)२ (साथी सबै डेटिङमा अाफु अझै सेटिङमा तिमी जस्ती पाए यो जिन्दगी हाय! चङ्गा जस्तै हुन्थ्यो उडि बादल छुन्थ्यो) २ छमछम छमछम चुरा हातैमा (छाता बोकि लैजाउ है पानी पर्ला बाटैमा)२ (दुधैले नुहाँउछौ कि परी नै पो ह

गायक क्रिजनको नयाँ गीत 'किन हो' सार्बजनिक (भिडियो सहित)

सुमधुर स्वरका धनि गायक क्रिजन पून मगर को नयाँ गीत 'किन हो' सार्बजनिक भएको छ । जुनेली रातमा, घिनी गिनी तांग, तिम्रो सामु, जुनी भरि आदि हिट गीतहरु दिएर नेपाली युवामाझ लोकप्रिय भैसकेका क्रिजनको नयाँ गीतमा क्रिजनकै सुमधुर स्वर र मनछुने सब्द, प्रकाश लामाको एरेन्ज रहेको छ र  रेभेलेसन स्टुडियोमा उक्त गीत रेकर्ड भई यहि २०७५ साल बैशाख २१ गते सार्बजनिक भएको छ।  सुमधुर स्वरका धनि गायक क्रिजन पून मगरको रचना रहेको नयाँ गीत 'किन हो' को मनछुने सब्दहरु यसप्रकार छन्। सपनीमा पनि अनि बिपनीमा पनि  तिम्रै यादले सताउछ किन यो मन , फेरी तिम्रै तस्विर हेरी  तिम्रै नाम हरेक साशमा किन हो आज म यसरी तिम्रो यादमा डुबिरहे किन हो आज म फसे नि तिम्रो मायामा हराइरहे सपनीमा पनि अनि बिपनीमा पनि  तिम्रै यादले सताउछ किन यो मन , फेरी तिम्रै तस्विर हेरी  तिम्रै नाम हरेक साशमा हराई रहे म तिम्रै याद मा , तर तिमीले  कहिले बुझेनौ  कराई रहे म तिम्रै नाम , तर तिमीले कहिले सुनेनौ  सपनीमा पनि अनि बिपनीमा पनि  तिम्रै यादले सताउछ किन यो मन , फेरी तिम्रै तस्विर हेरी  तिम

व्यवसायिक सफलता पाएका उत्कृष्ट १० चलचित्र

छक्कापञ्जा-२ यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो चलचित्र हलमा ५१ दिनभन्दा बढी चलेको थियो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्कापन्जा–२ ले १५ करोड रुपैयाँ कमाइ गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, विकास आचार्य आदिको लगानीमा निर्माण भएको उक्त चलचित्रमा दीपकराज, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, गौरव पहारी, स्वरुपुरुष ढकाल, सन्ध्या केसी, प्रकार घिमिरे, सरोज खनाल आदि कलाकारको अभिनय छ । कृ माघ २६ गते प्रदर्शनमा आएको अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ले ८ करोड रुपैयाँ ग्रस कलेक्सन गर्‍यो । सुरेन्द्र पौडेलले निर्देशन गरेको उक्त चलचित्र हलमा तीन सातासम्म चलेको थियो । भुवन केसी तथा सुवास गिरीको संयुक्त लगानीमा निर्माण भएको चलचित्र कृमा अनमोलका अतिरिक्त अदिती बुढाथोकी, अुनपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी आदि कलारकारले अभिनय गरेका छन् । २ रुपैयाँ

तरकारीवालीको अभिनय रहेको चलचित्र लम्फू प्रदर्शनको क्रममा

कु नै बेला अभिनयमा रुचि नै छैन भन्दै चलचित्रबाट टाढा रहेकी कुसुम श्रेष्ठ अर्थात तरकारीवालीले अन्तत: अभिनयमा पाइला हालिन् । उनले अभिनय गरेको चलचित्र लम्फू प्रदर्शनको क्रममा छ । तरकारीवालीका रूपमा भाइरल भैरहेका बेला लम्फू युनिटले कुसुमलाई अभिनयको प्रस्ताव राखेको थियो । प्रस्ताव राखेको धेरै पछि मात्र उनी अभिनयका लागि तयार भएकी थिइन् । यद्यपि कुसुम अहिले अभिनय क्षेत्रका बारेमा सकारात्मक भैसकेकी छिन् । चलचित्र लम्फूले आयोजना गरेका सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाएर आफ्ना धारणा व्यक्त गर्न थालेकी कुसुमले अहिले आएर राम्रो चलचित्रबाट प्रस्ताव आए अभिनयलाई निरन्तरता दिने बताउन थालेकी छिन् । अध्ययन र अभिनयलाई सँगै अघि बढाउने योजना बनाएकी कुसुम अभिनेता पुष्प खड्काकी प्रशंसक हुन् । पुष्पले अभिनय गरेका प्रत्येक म्युजिक भिडियो धेरै पटक हेरेकी कुसुमले पुष्पको जोडी बनेर चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तुरुन्तै तयार हुने बताएकी छिन् । यतिमात्र होइन कुसुमले अनमोल केसी, प्रदीप खड्का, पल शाह तथा सलिनमान बानियाँको अभिनय पनि मनपर्ने तथा उनीहरूको जोडीका रूपमा पनि काम गर्न मन लागेको बताएकी छिन

यी हुन् नेपाली संगीत क्षेत्रका अविवाहित मोडलहरु

भनिन्छ, विवाहका लागि साइत जुर्नुपर्छ । कतिपय मानिस विवाहको जोडी भगवान्ले नै तय गर्ने कुरा बताउँछन् । योग्य वर अथवा बधू फेला नपरेकाले विवाह नगरी बस्नेहरू पनि उत्तिकै हुन्छन् । कुनै बेला विवाहको जग्गेमा मात्र श्रीमान्–श्रीमतीले एक–अर्काको अनुहार हेर्ने परम्पराबाट हुर्किएको नेपाली समाज सामाजिक सञ्जालको प्रयोगसँगै विवाहअघि नै लिभिङ टुगेदर बस्नेसम्मको चरणमा प्रवेश गरिसकेको छ । यद्यपि विवाह भनेको विवाह नै हो । यसले दुई शरीरलाई मात्र होइन, दुई मनलाई समेत जोड्छ । दीपिका प्रसाईं पहिलो चलचित्रबाटै स्थापित हुने निकै कम अभिनेत्रीमा दीपिका प्रसाईंको नाम अग्रपंक्तिमा आउँछ । यसै वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ बाट रजतपटमा भित्रिएकी दीपिका निकै सुन्दर छिन् । आकर्षक व्यक्तित्वकी धनी यी अविवाहित अभिनेत्रीलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहने निर्माता–निर्देशकहरूको संख्या ठूलै छ, यद्यपि उनले दोस्रो चलचित्रमा अभिनय गर्न हतार गरेकी छैनन् । स्नातकोत्तर तहको अध्ययन पुरा गरेपछि मात्र उनी दोस्रो–तेस्रो चलचित्रमा प्रस्तुत हुने बताउँछिन् । एलिशा राई चलचित्र लुट–२ को ठमेल बजार…गीत लोकप्रिय भ

नेपाली चलचित्र 'रामकाहानि'को "तिम्रोलागि म छु" सार्बजनिक (भिडियो सहित)

नेपाली चलचित्र 'रामकाहानि' को "तिम्रोलागि म छु" सार्बजनिक भैसकेको छ। चर्चित नायिका पुजा शर्मा, आकाश श्रेष्ठ आदिको अभिनय रहेको उक्त गीतमा चर्चित गायक सुगम पोखरेल र चर्चित गायिका अन्जु पन्त को स्वर, अर्जुन पोखरेल को संगीत र सब्द, महाराज थापा को एरेन्ज, किशोरे थापा को मिक्सिंग, कविराज गहतराज को कोरियोग्राफी, आदि रहेको छ। सो गीत यहि बैशाख १७ गते बुध सुब्बा डिजिटल मार्फत नेपालभरी सार्बजनिक भएको हो। नायिका पुजा शर्मा भन्नुहुन्छ "नेपाली चलचित्र "रामकहानी" को पहिलो गित २०७५ बैशाक १७ गते २ बजे दर्शकहरु माझ रिलीज गर्ने निर्णय गरेका छौ।" नेपाली चलचित्र 'रामकाहानि' को "तिम्रोलागि म छु" सार्बजनिक हुनासत सारा नेपाली माझ लोकप्रिय भैसकेको छ। उक्त गीत  "तिम्रोलागि म छु"  हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।

बिभु बजगाईंले आफ्नी आमा(संसार)लाई देए कोसेली (भिडियो सहित)

यो सन्दर्भ हो हालै नेपाली संगीत बजारमा भित्रिएको नयाँ मर्मस्पर्शी पप सांगीतिक भिडियो “आमा”को । स्नातक तह पढिरहेका युवा कलाकार बिभु बजगाईं द्वारा निर्मित “आमा” बजारमा आएको छ । उक्त गीत बिभु बजगाईं को आफ्नै युटुब च्यानलबाट बजारमा यहि बैशाख २ गते सार्बजनिक गरिएको छ । घरमै स्टुडियोले निर्माण गरेको उक्त गीतमा बिभु बजगाईंको मनछुने सब्द,अविशेक रायमाझी को सम्पादन र निरन लोप्चन को तस्विर रहेको उक्त गीत अहिले नेपाली बजारमा राम्रो प्रतिक्रियाका साथ अघि बढ्दैछ । उक्त गीत “ आमा”  हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।

स्वपन सुमन ममायाको पर्खाइमा कुरेर बस्दै ( भिडियो सहित )

यो सन्दर्भ हो हालै नेपाली संगीत बजारमा भित्रिएको स्वपन सुमनको नया सार्बजनिक भैसकेको सुमधुर गीत 'कुरेर बस्छु' को। सो गीत हालै बैशाख १७ मा सार्बजनिक भएको हो ।  सो गीतमा स्वपन सुमनकै सब्द, स्वर र रचना रहेको छ भने फिरोज  बज्राचार्यको एरेन्ज, मानिस गंदर्वको सारंगी, अन्जोन लिम्बुको सम्पादन आदि रहेको छ।  अर्बित्ररी ओरिगीनाल्सको सहयोग रहेको सो गीत अहिले नेपाली युवा माझ लोकप्रिय भैसकेको छ । उक्त गीत  'कुरेर बस्छु'  हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।

कालीप्रसाद र क्रिष्टल क्लज डान्स क्रूको ’दाइ नभन्नु ल’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ’दाइ नभन्नू ल’को गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोबाट नयाँ डान्स ग्रुप नेपाली सङ्गीत उद्योगमा भित्रिएको छ । यसअघि चलचित्र ’पुरानो डुङ्गा’ को ’निर’ गीत कभर गरेर चर्चित भएको र ’मिस्टर झोले’को गीत ’ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ’क्रिष्टल क्लज डान्स क्रू’ले ’दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको छ । गीतमा एकतारेको शब्द रहेको छ । त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने सङ्गीत सुशान्त गौतमको छ ।सन्देश जङ्ग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभास जोशीले अभिनय गरेका छन् । भिडियोलाई सुरज श्रेष्ठले छायाङ्कन तथा सम्पादन गरेका छन् । उक्त गीत  ‘ ’दाइ नभन्नू ल ’  हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।

‘कार्टुन्ज क्रु’को ‘रेली माइ’ सार्वजनिक (भिडियो सहित)

गायक टङ्क बुढाथोकीको स्वर र सङ्गीतमा र चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘रेली माई’ बोलको गीतमा स्वर, शब्द तथा सङ्गीत टङ्क बुढाथोकीको रहेको छ । उक्त गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार डान्स देख्न सकिन्छ ।सरोज अधिकारीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरू रोज अधिकारी, आश्मा विश्वकर्मा, लाक्पा डी लामा, राम घले, सुविन चौहान र विकास राईको साथमा दृष्टि श्रेष्ठ, विजय अधिकारी र दिपेश बुढाथोकीलाई पिÞmचरिङ्ग गरिएको छ ।ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । यस्तै सार्वजनिक भिडियो सँगै गायक टङ्क बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमशः प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए ।२०७५ असार १ गतेस