Skip to main content

Posts

Showing posts from February, 2019

नेपाली चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक हेर्नुस (भिडियो सहित)

माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको छ । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् । पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् । सन् २०१२ कि मिस इन्टरनेशनल हुदै ग्लामर फिल्डमा इन्ट्री गरेकी सुवेक्षाले यसकिसिमको गीतमा पहिलो पटक देखिएको बताइन । ‘मलाइ निकै खुसि लागेको छ र यस किसिमको लभ गीतमा पहिलो पटक देखिएकी हु’ सुवेक्षाले भनिन् ‘गीतले दर्शकलाई रोमान्टिक फिल दिन्छ ।’ सुवेक्षा झैँ सुशील पनि निकै उत्साहित छन् । ‘यो गीत मैले नै गाएको जस्तो लाग्छ’ सुशील भन्छन् ‘गीतमा रणवीरको रोमान्टिक अवतार छ ।’ गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । फिल्ममा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा , शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको फिल्मको ट्रेलरलाई स