लेखक तथा अभिनेता खगेन्द्र लामिछाने अभिनित फिल्म ‘डमरुको डण्डीबियो’ को ट्रेलर सार्वजनिक भएको छ साथै पहिलो गीत पनि सार्वजनिक भएको छ ।
छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्ममा कलाकार अनुप बराल डण्डीबियो प्रशिक्षकको भूमिकामा देखिएका छन् । उक्त फिल्ममा अंकित खड्का, अशान्त शर्मा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार लगायतको पनि अभिनय छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् ।
उक्त फिल्म ‘डमरुको डण्डीबियो’ को ट्रेलर हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।

Comments
Post a Comment