यो सन्दर्भ हो,हालै नेपाली संगीत बजारमा आएको नयाँ मर्मस्पर्शी आधुनिक सांगीतिक भिडियो “गरिब कसरी गर्लान माया”को । शुदुर पश्चिमका पहिला एरेन्जरका रुपमा प्रख्यात कलाकार भुवन प्रकाश बडू द्वारा अभिनित श्याम प्रकास भट्टको “गरिब कसरी गर्लान माया” बजारमा आएको छ । उक्त गीत बिग परिवेश डिजिटलबाट बजारमा यहि चैत्र २० गते रिलिज गरिएको छ । नेपाली चलचित्रकी रानी मानिने संचिता लुइँटेल, श्याम प्रशाद भट्ट र भुवन प्रकाश बडू आदिको अभिनय, चर्चित डाइरेक्टर आशिक राइको निर्देशन, अमन बडूको सम्पादन, गोपाल सुचिकारको मनै छुने शब्द तथा संगीत, भुवन प्रकाश बडूकै एरेन्ज र जीवन बडूको मिक्स/मास्टर रहेको उक्त गीत अहिले नेपाली बजारमा राम्रो प्रतिक्रियाका साथ अघि बढ्दैछ ।
करिब दुइ दशक देखी संगीत क्षेत्रमा आफ्नो योगदान दिदै आएका प्रख्यात कलाकार भुवन प्रकाश बडू बताउनु हुन्छ “हामीले अहिलेका युवापिडीले खोजेको र हामीलाई मागेको गीत हामीले श्रोता तथा दर्शकलाई दिएका छौँ । यो गीत युवापीडीको मागमा बनेको हुँदा सबैले यो गीतलाई मन पराउने छन् भन्ने हामीले आशा लिएका छौँ ।”
उक्त गीत “गरिब कसरी गर्लान माया” हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।

Comments
Post a Comment