गायक टङ्क बुढाथोकीको स्वर र सङ्गीतमा र चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘रेली माई’ बोलको गीतमा स्वर, शब्द तथा सङ्गीत टङ्क बुढाथोकीको रहेको छ ।
उक्त गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार डान्स देख्न सकिन्छ ।सरोज अधिकारीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरू रोज अधिकारी, आश्मा विश्वकर्मा, लाक्पा डी लामा, राम घले, सुविन चौहान र विकास राईको साथमा दृष्टि श्रेष्ठ, विजय अधिकारी र दिपेश बुढाथोकीलाई पिÞmचरिङ्ग गरिएको छ ।ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
यस्तै सार्वजनिक भिडियो सँगै गायक टङ्क बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमशः प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए ।२०७५ असार १ गतेसम्म पठाईसक्नुपर्ने भिडियोको विजेता घोषणा असारको १७ गते हुनेछ । भिडियो बनाउनेहरुले आफ्नो भिडियो बनाएर thecartoonzcrewofficial@gmail.comमा पठाउनुपर्ने सरोज बताउँछन् । साथै भिडियोको बारेमा केही बुझ्नको लागि ९८१८१७८९४२ र ९८१८९९२७५४मा सम्पर्क गर्न सकिनेछ ।

उक्त गीत ‘रेली माई’ हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।
Comments
Post a Comment