सुन्दर सुदुर पश्चिमेली भाषामा गायक निशान भटराई र राजेन्द्र भट्टको "भुन्टी" सार्बजनिक, हेर्नुस (भिडियो सहित)
नेपाल आईडलका प्रथम रनरअप गायक निशान भटराईको मधुर स्वरमा सुदुर पश्चिमका तारा गायक तथा संगीतकार राजेन्द्र भट्ट उर्फ मिस्टर आर.जे को मिठा सब्द संगीतमा नेपाली सांगीतिक भिडियो "भुन्टी" सार्बजनिक भएको छ।
उक्त सांगीतिक भिडियोमा नेपाली नायिका एलिशा राई र स्वोयम गायक निशान भटराईको मुख्य अभिनय रहेको छ। सचिन गुप्ताको मिक्स र मास्टर,सागर पाण्डेको रेकर्डिङ्ग, मोहित मुनालको एरेन्ज, तेकेद्र शाहको सम्पादन तथा निर्देशन, शिशिर खातीको कोरियोग्राफी आदि रहेको सो गीत एटके एभरेस्ट मोसन पिक्चरको युटुब च्यानलबाट सार्बजनिक भएको छ। ठग लाइफ नेपालको सहयोग र लाइमलाइट नेपाल द्वारा सम्बद्ध रहेको उक्त गीतमा सुदुर पश्चिमेली भाषा र सुन्दर सुदुर पश्चिमकै मौलिक संस्कृतिको बेजोड प्रस्तुति हुनुका साथै गायक निशान भटराईको नृत्य पनि रहेको छ।
उक्त नेपाली सांगीतिक भिडियो हेर्न तल थिच्नुहोस ।
Comments
Post a Comment