चर्चित गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ’दाइ नभन्नू ल’को गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोबाट नयाँ डान्स ग्रुप नेपाली सङ्गीत उद्योगमा भित्रिएको छ ।
यसअघि चलचित्र ’पुरानो डुङ्गा’ को ’निर’ गीत कभर गरेर चर्चित भएको र ’मिस्टर झोले’को गीत ’ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ’क्रिष्टल क्लज डान्स क्रू’ले ’दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको छ । गीतमा एकतारेको शब्द रहेको छ । त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने सङ्गीत सुशान्त गौतमको छ ।सन्देश जङ्ग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभास जोशीले अभिनय गरेका छन् । भिडियोलाई सुरज श्रेष्ठले छायाङ्कन तथा सम्पादन गरेका छन् ।

उक्त गीत ‘’दाइ नभन्नू ल’ हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।
Comments
Post a Comment