Skip to main content

यी हुन् नेपाली संगीत क्षेत्रका अविवाहित मोडलहरु

भनिन्छ, विवाहका लागि साइत जुर्नुपर्छ । कतिपय मानिस विवाहको जोडी भगवान्ले नै तय गर्ने कुरा बताउँछन् । योग्य वर अथवा बधू फेला नपरेकाले विवाह नगरी बस्नेहरू पनि उत्तिकै हुन्छन् । कुनै बेला विवाहको जग्गेमा मात्र श्रीमान्–श्रीमतीले एक–अर्काको अनुहार हेर्ने परम्पराबाट हुर्किएको नेपाली समाज सामाजिक सञ्जालको प्रयोगसँगै विवाहअघि नै लिभिङ टुगेदर बस्नेसम्मको चरणमा प्रवेश गरिसकेको छ । यद्यपि विवाह भनेको विवाह नै हो । यसले दुई शरीरलाई मात्र होइन, दुई मनलाई समेत जोड्छ ।

दीपिका प्रसाईं


पहिलो चलचित्रबाटै स्थापित हुने निकै कम अभिनेत्रीमा दीपिका प्रसाईंको नाम अग्रपंक्तिमा आउँछ । यसै वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ बाट रजतपटमा भित्रिएकी दीपिका निकै सुन्दर छिन् । आकर्षक व्यक्तित्वकी धनी यी अविवाहित अभिनेत्रीलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहने निर्माता–निर्देशकहरूको संख्या ठूलै छ, यद्यपि उनले दोस्रो चलचित्रमा अभिनय गर्न हतार गरेकी छैनन् । स्नातकोत्तर तहको अध्ययन पुरा गरेपछि मात्र उनी दोस्रो–तेस्रो चलचित्रमा प्रस्तुत हुने बताउँछिन् ।

एलिशा राई


चलचित्र लुट–२ को ठमेल बजार…गीत लोकप्रिय भएपछि सेलिब्रेटी बन्न सफल भएकी हुन्– एलिशा राई । चलचित्रमा आइटम डान्सरसहित अभिनेत्रीका रूपमा समेत प्रस्तुत भएकी एलिशाले ठमेल बजार गीतकै कारण प्रसिद्धि कमाएकी हुन् । अविवाहित यी सुन्दरी अचेल म्युजिक भिडियोहरूको छायांकनमा व्यस्त छिन् । नृत्यपरक भिडियोमा एलिशाको उपस्थिति अनिवार्यझैं भएको छ । कद होचो भए पनि आकर्षक शारीरिक बनावट तथा सुन्दर मुहारकी धनी एलिशाको सुन्दरताबाट प्रभावित हुनेहरूको संख्या ठूलै छ । एलिशाले आफ्नो प्रेम सार्वजनिक गरिसकेकी छैनन् ।

निकिता चाण्डक


मिस नेपाल–२०१७ की विजेता हुन्— निकिता चाण्डक । उर्लाबारी, मोरङकी यी सुन्दरी मिस नेपालमा सहभागिता जनाउनुअघि भारतमा मोडलिङसँगै अध्ययनमा सक्रिय थिइन् । भारतमा छँदा केही फेसन शो तथा विज्ञापनहरूमा मोडलिङ गरेकी निकिताले काठमाडौं आएर मिस नेपालमा सहभागिता जनाएलगत्तै धेरैको ध्यान आकर्षित गरिन् । मिस नेपालको उपाधि जितेपछि निकिताको चर्चा ह्वात्तै चुलियो । मिस वल्र्ड–२०१७ को सहभागिता पछि उनी थप चर्चामा आइन् । सामाजिक सञ्जालहरूमा उनका फलोअरहरूको संख्या बढ्दो छ । निकिताले चलचित्रबाट समेत अभिनयको प्रस्ताव पाउन थालेकी छिन् । मिस नेपालको आगामी संस्करणपछि पूर्व मिस नेपाल हुने निकिताले त्यसपछि मात्र आफ्नो क्षेत्रलाई फराकिलो बनाउने अनुमान गरिएको छ ।

जेबिका कार्की


थुप्रै म्युजिक भिडियो, दर्जनौं टेलिश्रृंखला हुँदै चलचित्रसम्म आइपुगेकी अभिनेत्री हुन्— जेबिका कार्की । चलचित्र जन्मभूमिमार्फत चलचित्रमा पदार्पण गर्ने जेबिकाले अभिनय गरेका चलचित्र पर्व तथा कारखाना यसै वर्ष प्रदर्शन भैसकेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र कोहलपुर एक्सप्रेसमा समेत अभिनय गरेकी जेबिका सुन्दर त छिन् नै, शालिन व्यवहारका कारण सबैको मन जित्नसमेत सफल छिन् । अविवाहित यी अभिनेत्री अभिनयसँगै नृत्यमा पनि अब्बल छिन् । पछिल्लो समय म्युजिक भिडियो तथा चलचित्रमा समानान्तर रूपमा सक्रिय हुँदै आएकी जेबिका प्रेम तथा रोमान्सबाट आफूलाई टाढै राख्न रुचाउँछिन् ।

सहारा बस्नेत


५ फिट साढे ७ इन्च अग्ली अविवाहित सुन्दरी हुन्– सहारा बस्नेत । बस्नेत मिस नेपाल–२०१७ कै एक विजेता हुन् । मिस नेपाल एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि विजेता सहाराले यसै वर्ष फिलिपिन्समा सम्पन्न मिस एसिया प्यासिफिक इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । व्यवस्थापनमा स्नातक उत्तीर्ण २२ वर्षीया सहारा ५ फिट ५ इन्च अग्ली छिन् । ललितपुरकी स्थायी वासिन्दा सहारा आगामी वर्षदेखि आफूलाई समाजसेवा तथा मोडलिङमा अग्रसर गराउने योजनामा छिन् ।

तृष्णा गुरुङ


गायिका तृष्णा गुरुङको स्वर जति सुरिलो छ, उनको सुन्दरता त्योभन्दा मनमोहक छ । ५ फिट ४ इन्च अग्ली यी अविवाहित गायिकाले सुरिलो स्वरमा गीत गाउँदा पुरुष प्रसंसकहरू लट्ठै हुन्छन् । खासगरी युट्युबमा उनका भिडियोले पाउने लाखौं दर्शकका पछाडि उनको कर्णप्रिय स्वर तथा सुन्दरताले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । सामाजिक सञ्जालमा समेत प्रसस्त प्रशंसक कमाउन सफल तृष्णा आफ्ना गीतमा आफैं संगीत भर्छिन् । कन्सर्टमा उनलाई मन पराउनेहरू हजारौं हुन्छन् । रेलैमा, गाइने दाजै, साँझको बेला, गुराँसै फुल्यो, खानी हो याह्मू आदि उनले गाएका लोकप्रिय गीत हुन्, जसलाई दर्शकले यूट्युबमा लाखौं पटक हेरेका छन् ।

रोजिना श्रेष्ठ


मिस नेपाल–२०१७ मा मिस नेपाल अर्थको उपाधि जित्न सफल युवती हुन्– रोजिना श्रेष्ठ । अग्लो कदकी यी अविवाहित सुन्दरीले फिलिपिन्समा सम्पन्न मिस अर्थ–२०१७ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । मोडलिङमा रुचि राख्ने रोजिनाले मिस नेपालमा सहभागिता जनाउनुभन्दा तीन वर्षअघि नै मिस एपेक्सको उपाधि जितिसकेकी थिइन् । त्यसबाहेक उनी केही मोडलिङ प्रतियोगितामा सहभागी भएकी थिइन् । मिस नेपालको प्रशिक्षणले आफूलाई परिपक्व बनाएको धारणा व्यक्त गर्ने अविवाहित रोजिना आगामी वर्षदेखि मोडलिङसहित सामाजिक कार्यक्रमहरूमा बढी केन्द्रित हुने बताउँछिन् ।

सुशीला पाठक


सुशीला पाठक गायिका हुन् । झट्ट हेर्दा उनी कुनै अभिनेत्री अथवा मोडलभन्दा कम देखिन्नन् । अघिल्लो वर्ष नै पहिलो एकल गीति संग्रह सार्वजनिक गरेर आफूलाई गायिकाका रूपमा परिचित गराएकी सुशीला आफ्ना गीतका म्युजिक भिडियोमा आफैं अभिनय तथा नृत्य गर्छिन् । फोटोसेसनमा विशेष रुचि राख्ने यी अविवाहित गायिका आफ्नो फेसबुक वालमा बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहन्छिन् । नृत्यमा समेत दख्खल राख्ने यी सुन्दर गायिका कुनै दिन मोडलिङ हुँदै चलचित्रसम्म पुगिन् भने अचम्म नमाने हुन्छ । सुशीलाले संगीतकर्मीद्वय शिलाबहादुर मोक्तान तथा मनोरजराज शिवाकोटीसँग संगीतको औपचारिक प्रशिक्षण लिएकी हुन् ।

कुसुम श्रेष्ठ


सामाजिक सञ्जालमार्फत सेलिब्रेटी बन्न सफल युवती हुन्– कुसुम श्रेष्ठ । एक जना फोटोग्राफरले तरकारीको क्रेट बोकेर झोलुंगे पुलमा हिँडिरहेको तस्बिर फेसबुकमा अपलोड गरेपछि गोरखाकी कुसुम छोटो समयमै नेपाल र भारतमा मात्र होइन विश्वभरी नै ‘तरकारीवाली’ उपनामले प्रसिद्ध भइन् । यतिबेला कक्षा १२ को अन्तिम परीक्षा दिने तयारीमा रहेकी यी सुन्दरीलाई त्यतिबेला थुप्रै चलचित्र तथा म्युजिक भिडियोबाट अभिनय प्रस्ताव आए । यद्यपि आफू अध्ययनमा केन्द्रित भएकाले उनले त्यसरी प्रस्ताव गरिएका मध्ये जम्मा एउटा चलचित्रमा मात्र अभिनय गरिन् । उक्त चलचित्र हो– लम्फू ।
स्रोत (साप्ताहिकबाट)

Comments

चर्चित खबरहरु

अनिशा लामालाई ब्लड क्यान्सर, परिवारमा आर्थिक संकट,अहिले आई.सी.यु मा राखिएको

न्यून आर्थिक अवस्था भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामा आज मृत्यु र जीवनको दोधारमा छिन्। ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विमिरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौ सिविल हस्पिटलमा परिवारले लगेका थिए । चेकजाँचमा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए । हस्पीटलमा उनको शल्यक्रियासँगै २५ लाखभन्दा बढी उपचारमा खर्च भएको थियो। गत ४ महिना देखि ब्लड क्यान्सर संग जुध्दै आएकी अनिशा र उहाको परिवारले उपचारमा २५ लाख नगद संगै घर जग्गा गुमाई सकेका छन्। सिविल हस्पिटल, काठमाडौँ बेड नं २३७ मा अझै उपचार गराइरकि उनी भन्छिन, "मलाई यो अचानक के भयो दाजै? म मर्न चाहन्न"। आर्थिक अवस्था कम्जोर र घर जग्गा गुमाएपछि लामा परिवार अत्यन्तै निराश भएका छन्। बुबा अमृत लामा भन्छन्, "हिजो सम्म हास्दै खेल्दै गरेकी मेरी नानीलाई निको बनाइदिनुहोस"। छोरीलाई उपचार गराइरहेको विरामीका वावु अमृत लामाले ४४ महिनासम्म उपचार गर्नुपर्ने चिकित्सकले बताएको र अनुमानित २५ लाख रुपैया उपचारमा खर्च हुने चिकित्सकले जानकारी दिएको उनले

उत्कृस्ट खेलाडी दिनेश घिसीङ्गका कारण सर्लाहीको चर्चा....

नेपालको राजधानी भन्दा धेरै पर तराई भूभागको एक सुन्दर बस्ती अर्थात् गाउँ, सर्लाहीमा जन्मेका दिनेश घिसीङ्ग हाल सिङघम क्लबका मुख्य खेलाडीका रुपमा अगाडी आएका छन्। घिसीङ्गले यस पूर्व धेरै पटक आफ्नो धेरै टुर्नामेन्ट र म्याचहरुमा आफ्नो कौसलता प्रदशन गरि थुप्रै मनहरु जितिसकेका छन्। घिसीङ्गले थुप्रै टुर्नामेन्टमा म्यान अफ द म्याच भैसकेका छन्।  भर्खरै मात्र फुटबल मार्फत निकै चर्चा कमाएको सिङघम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङघम लामा भन्नु हुन्छ, "हामीले अहिले पाएको सम्मान र चर्चा दिनेश घिसीङ्ग बिना सम्भब थिएन, उसकै अत्भुत प्रदशन र मेहेनतका कारण हाम्रो टिमले सुरुवातमै ख्याति पाउन सफल भयो।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले सिङघम युवा क्लबका कप्तान असोक लामालाई घिसीङ्गको खेलको बारेमा सोध्दा यस्तो धारणा राखे, "म उसंग सानै देखि परिचित छु। उ खेल भनेपछि हुरुक्कै हुन्त्यो, उसको खेल हेर्न गाउँलेहरु मैदानमा भेला हुने गर्थे। हुर्किदै गर्दा उसलाई खेल्नका निमित्त टाढा टाढाबाट थुप्रै जिल्ला स्थरिय टिमहरुले बोलाउने गर्थे र सफलता पनि हात पार्थे। हाम्रो सानो गाउँलाई आफ्नो खेल मार्फत चिन

सुदुरपस्चिमेलि शैलीका सब्द र रचनाका साथ जनक ताम्राकार र महेश ताम्राकारको 'लौ सररर' सार्बजनिक, हेर्नुस (भिडियो सहित)

जनक ताम्राकार र महेश ताम्राकार फेरि आएका छन् सुदुरपस्चिमेलि शैलीका मिठा डोटेली सब्द र रचनाका साथ,लौ सररर लिएर सारा नेपालीहरुका माझ । यस दाजु भाइको जोडी सुदुरपस्चिमेलि शैलीको रचना गर्न अत्यन्तै माहिर छ। अल्मोडा उप्रेतीको साथमा 'काफल कमला' सार्बजनिक हुनासाथ यो जोडी नेपालभर लोकप्रिय भएको हो। लौ सरररमा पस्चिम नेपालमा बोलिने डोटेली भाषाको एकदमै राम्रो र मिठो उपयोग गरिएको छ। उक्त सांगीतिक भिडियोमा उदय राज पौडेलको संगीत एरेन्ज, उज्वल श्रेयन महतको मिक्स र मास्टर, आकाश श्रेष्ठ र अलिशा राईको अभिनय, सुशील न्यौपानेको सम्पादन तथा रंग, उत्सव दाहाल र टोलीको छायांकन, सगर प्रधानको निर्देशन, जनक तमाराकारको मिठो आवाज र महेश ताम्राकारको मनछुने सब्द आदि रहेको छ। यहि २०७५ साल अषाढ २८ गते सार्बजनिक भएको यस सांगीतिक भिडियोको अडियो कृपा द्रिश्य डिजिटलमा रेकर्ड गरिएको हो भने भिडियो रेकर्ड हाउस प्रोडक्सन द्वारा प्रस्तुत गरिएको हो। यी दुइ भईको जोडीले फेरि पनि नेपाली संगीत बजारमा येस्तै मिठा गीत गरु पस्किरहने छन्। लौ सरररको सम्पूर्ण टोलिलाई रमाइलो हेडलाईन्सको तर्फा बाट सफलताको लागी हार्दिक सुभकामना ।