कुनै बेला अभिनयमा रुचि नै छैन भन्दै चलचित्रबाट टाढा रहेकी कुसुम श्रेष्ठ अर्थात तरकारीवालीले अन्तत: अभिनयमा पाइला हालिन् । उनले अभिनय गरेको चलचित्र लम्फू प्रदर्शनको क्रममा छ ।
अध्ययन र अभिनयलाई सँगै अघि बढाउने योजना बनाएकी कुसुम अभिनेता पुष्प खड्काकी प्रशंसक हुन् । पुष्पले अभिनय गरेका प्रत्येक म्युजिक भिडियो धेरै पटक हेरेकी कुसुमले पुष्पको जोडी बनेर चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तुरुन्तै तयार हुने बताएकी छिन् । यतिमात्र होइन कुसुमले अनमोल केसी, प्रदीप खड्का, पल शाह तथा सलिनमान बानियाँको अभिनय पनि मनपर्ने तथा उनीहरूको जोडीका रूपमा पनि काम गर्न मन लागेको बताएकी छिन् ।
तरकारीवालीको अभिनय रहेको नेपाली चलचित्र लम्फुको ट्रेलर हेर्न तल थिच्नुहोस ।
Comments
Post a Comment