Skip to main content

व्यवसायिक सफलता पाएका उत्कृष्ट १० चलचित्र


छक्कापञ्जा-२


यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो चलचित्र हलमा ५१ दिनभन्दा बढी चलेको थियो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्कापन्जा–२ ले १५ करोड रुपैयाँ कमाइ गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, विकास आचार्य आदिको लगानीमा निर्माण भएको उक्त चलचित्रमा दीपकराज, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, गौरव पहारी, स्वरुपुरुष ढकाल, सन्ध्या केसी, प्रकार घिमिरे, सरोज खनाल आदि कलाकारको अभिनय छ ।

कृ


माघ २६ गते प्रदर्शनमा आएको अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ले ८ करोड रुपैयाँ ग्रस कलेक्सन गर्‍यो । सुरेन्द्र पौडेलले निर्देशन गरेको उक्त चलचित्र हलमा तीन सातासम्म चलेको थियो । भुवन केसी तथा सुवास गिरीको संयुक्त लगानीमा निर्माण भएको चलचित्र कृमा अनमोलका अतिरिक्त अदिती बुढाथोकी, अुनपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी आदि कलारकारले अभिनय गरेका छन् ।

२ रुपैयाँ


भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ ले पनि रामै्र व्यापार गर्‍यो । यो चलचित्रले ७ करोडको हाराहारीमा व्यापार गरेको बताइन्छ । अशिम शाहको लेखन तथा निर्देशनमा सामाजिक तथा प्रेमकथामा आधारित उक्त चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, स्वस्तिमा खड्का, टीका पहारी, रवीन्द्र झा आदिको अभिनय छ ।

ए मेरो हजुर–२


सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र ए मेरो हजुर–२ पनि यो वर्षको सफल चलचित्र हो । १ करोड २५ लाख लगानीको चलचित्र ए मेरो हजुर–२ ले ५ करोड ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । झरना थापाको पहिलो निर्देशनको यो चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, अम्बर सुवेदी, अनुभव रेग्मीर, बुद्धि तामाङ, अनुराग कुँवर आदि कलाकारले अभिनय गरेका छन् ।

कान्छी


अभिनेत्री श्वेता खड्काद्वारा निर्मित चलचित्र ‘कान्छी’ पनि राम्रो व्यापार गर्ने चलचित्रको सूचीमा छ । कान्छीले ९ करोडभन्दा माथिको व्यापार गरेको छ । आकाश अधिकारीको निर्देशनको यो चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ आदिले अभिनय गरेका छन् ।

ऐश्वर्या


रमेश उप्रेती अभिनित चलचित्र ऐश्वर्याले ३ करोड ५० लाख ग्रस कलेक्सन गर्‍यो । दिवाकर भट्टराईको लेखन तथा निर्देशनको यो चलचित्रमा रमेशका अतिरिक्त दिपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, विकाश खतिवडा, अर्जुन श्रेष्ठ आदि कलाकारको पनि अभिनय छ ।

म यस्तो गीत गाउँछु


पल शाह र पूजा शर्माद्वारा अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले पनि व्यवसायिक सफलता हात पार्‍यो । सुदर्शन थापाको निर्माण एवं निर्देशनको यो चलचित्रले ६ करोड आम्दानी गरेको बताइन्छ । प्रेमकथामा आधारित चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पल र पूजाका अतिरिक्त सरोज खनाल, रुपा राना, राजाराम पौडेल आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले राम्रो व्यापार गरेपछि चलचित्रकी निर्मात्री एवं अभिनेत्री पूजा शर्माले यसको सिक्वेलमा पनि पललाई नै अभिनय गराउने घोषणा गरिसकेकी छिन् ।

प्रेमगीत–२


यो चलचित्र ०७२ सालको सफल चलचित्र ‘प्रेमगीत’को सिक्वेल हो । ०७४ साउन १३ गते प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत–२’ पनि सफल चलचित्रमध्ये एक हो । करिब २ करोडको लगानीमा बनेको यो चलचित्रले ८ करोड आम्दानी गरेको थियो । सन्तोष सेनको निर्माण तथा रामशरण पाठकको निर्देशनमा बनेको चलचित्र ‘प्रेमगीत’ मा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाईँ आदि कलाकारको अभिनय छ ।

शत्रुगते


यो वर्ष व्यवसयिक रूपमा सफलता हात पारेको अर्को चलचित्र हो— शत्रुगते । चैत ९ गते प्रदर्शनमा आएको चलचित्र शत्रुगतेले दोस्रो हप्तासम्ममा ८ करोड भन्दा माथिको कारोबार गरेको थियो । सामाजिक, प्रेम र कमेडी कथामा आधारित यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । मह सञ्चारले निर्माण गरेको यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, शिवहरी पौडेल, किरण केसी, रमेशरञ्जन झा आदि कलाकारको अभिनय हेर्न पाइन्छ ।

मिस्टर झोले


रामबाबु गुरुङको निर्देशनको चलचित्र ‘मिस्टर झोले’ पनि व्यवसायका आधारमा उत्कृष्ट चलचित्र मानिन्छ । १ करोड ६० लाख लगानी भएको यो चलचित्रले ४ करोड भन्दामाथि आम्दानी गरेको थियो । चलचित्र ‘मिस्टर झोले’ मा दयाहाङ राई, वर्षा राउत, दिया पुन, विजय बराल, बुद्धि तामाङ आदि कलाकारको महत्वपूर्ण भूमिका छ ।

स्रोत (साप्ताहिकबाट)

Comments

चर्चित खबरहरु

अनिशा लामालाई ब्लड क्यान्सर, परिवारमा आर्थिक संकट,अहिले आई.सी.यु मा राखिएको

न्यून आर्थिक अवस्था भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामा आज मृत्यु र जीवनको दोधारमा छिन्। ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विमिरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौ सिविल हस्पिटलमा परिवारले लगेका थिए । चेकजाँचमा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए । हस्पीटलमा उनको शल्यक्रियासँगै २५ लाखभन्दा बढी उपचारमा खर्च भएको थियो। गत ४ महिना देखि ब्लड क्यान्सर संग जुध्दै आएकी अनिशा र उहाको परिवारले उपचारमा २५ लाख नगद संगै घर जग्गा गुमाई सकेका छन्। सिविल हस्पिटल, काठमाडौँ बेड नं २३७ मा अझै उपचार गराइरकि उनी भन्छिन, "मलाई यो अचानक के भयो दाजै? म मर्न चाहन्न"। आर्थिक अवस्था कम्जोर र घर जग्गा गुमाएपछि लामा परिवार अत्यन्तै निराश भएका छन्। बुबा अमृत लामा भन्छन्, "हिजो सम्म हास्दै खेल्दै गरेकी मेरी नानीलाई निको बनाइदिनुहोस"। छोरीलाई उपचार गराइरहेको विरामीका वावु अमृत लामाले ४४ महिनासम्म उपचार गर्नुपर्ने चिकित्सकले बताएको र अनुमानित २५ लाख रुपैया उपचारमा खर्च हुने चिकित्सकले जानकारी दिएको उनले

उत्कृस्ट खेलाडी दिनेश घिसीङ्गका कारण सर्लाहीको चर्चा....

नेपालको राजधानी भन्दा धेरै पर तराई भूभागको एक सुन्दर बस्ती अर्थात् गाउँ, सर्लाहीमा जन्मेका दिनेश घिसीङ्ग हाल सिङघम क्लबका मुख्य खेलाडीका रुपमा अगाडी आएका छन्। घिसीङ्गले यस पूर्व धेरै पटक आफ्नो धेरै टुर्नामेन्ट र म्याचहरुमा आफ्नो कौसलता प्रदशन गरि थुप्रै मनहरु जितिसकेका छन्। घिसीङ्गले थुप्रै टुर्नामेन्टमा म्यान अफ द म्याच भैसकेका छन्।  भर्खरै मात्र फुटबल मार्फत निकै चर्चा कमाएको सिङघम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङघम लामा भन्नु हुन्छ, "हामीले अहिले पाएको सम्मान र चर्चा दिनेश घिसीङ्ग बिना सम्भब थिएन, उसकै अत्भुत प्रदशन र मेहेनतका कारण हाम्रो टिमले सुरुवातमै ख्याति पाउन सफल भयो।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले सिङघम युवा क्लबका कप्तान असोक लामालाई घिसीङ्गको खेलको बारेमा सोध्दा यस्तो धारणा राखे, "म उसंग सानै देखि परिचित छु। उ खेल भनेपछि हुरुक्कै हुन्त्यो, उसको खेल हेर्न गाउँलेहरु मैदानमा भेला हुने गर्थे। हुर्किदै गर्दा उसलाई खेल्नका निमित्त टाढा टाढाबाट थुप्रै जिल्ला स्थरिय टिमहरुले बोलाउने गर्थे र सफलता पनि हात पार्थे। हाम्रो सानो गाउँलाई आफ्नो खेल मार्फत चिन

सुदुरपस्चिमेलि शैलीका सब्द र रचनाका साथ जनक ताम्राकार र महेश ताम्राकारको 'लौ सररर' सार्बजनिक, हेर्नुस (भिडियो सहित)

जनक ताम्राकार र महेश ताम्राकार फेरि आएका छन् सुदुरपस्चिमेलि शैलीका मिठा डोटेली सब्द र रचनाका साथ,लौ सररर लिएर सारा नेपालीहरुका माझ । यस दाजु भाइको जोडी सुदुरपस्चिमेलि शैलीको रचना गर्न अत्यन्तै माहिर छ। अल्मोडा उप्रेतीको साथमा 'काफल कमला' सार्बजनिक हुनासाथ यो जोडी नेपालभर लोकप्रिय भएको हो। लौ सरररमा पस्चिम नेपालमा बोलिने डोटेली भाषाको एकदमै राम्रो र मिठो उपयोग गरिएको छ। उक्त सांगीतिक भिडियोमा उदय राज पौडेलको संगीत एरेन्ज, उज्वल श्रेयन महतको मिक्स र मास्टर, आकाश श्रेष्ठ र अलिशा राईको अभिनय, सुशील न्यौपानेको सम्पादन तथा रंग, उत्सव दाहाल र टोलीको छायांकन, सगर प्रधानको निर्देशन, जनक तमाराकारको मिठो आवाज र महेश ताम्राकारको मनछुने सब्द आदि रहेको छ। यहि २०७५ साल अषाढ २८ गते सार्बजनिक भएको यस सांगीतिक भिडियोको अडियो कृपा द्रिश्य डिजिटलमा रेकर्ड गरिएको हो भने भिडियो रेकर्ड हाउस प्रोडक्सन द्वारा प्रस्तुत गरिएको हो। यी दुइ भईको जोडीले फेरि पनि नेपाली संगीत बजारमा येस्तै मिठा गीत गरु पस्किरहने छन्। लौ सरररको सम्पूर्ण टोलिलाई रमाइलो हेडलाईन्सको तर्फा बाट सफलताको लागी हार्दिक सुभकामना ।