लोक दोहोरी गायक पशुपति शर्मा र सम्झना भण्डारीको लोकदोहोरी गित क्यार्न मारेचौ बोलको गित सार्वजानिक भएको छ । केही समय अगाडि सर्वाधिक चर्चामा आएको र नेपाल हल्लाएको ‘लुट्न सके लुट कान्छा पछि गायक शर्माले बजारमा आएको यो नै पहिलो गीत हो ।
ठट्यौली र रमाईलो तरिकाबाट सिर्जना गरिएको गीतको भिडियोमा गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले नै अभिनय गरेका छन् । पछिल्ले समय सालको पातको टपरी, जुरेली चरी, औठी बेरुवाको, पीडालु लगायतका गीतले ब्यापक चर्चा कमाईरहेका बेला शर्माको यो गीतले पनि नेपाली लोकसंगीतको बजारमा राम्रै चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।
त्यसो त गीत युटुबमा सार्बजनिक गरेको ३ दिनमै ५ लाख वढीले यो गीत हेरिसकेका छन् । यसैगरी गायिका भण्डारीको पछिल्लो गीत औठी बेरुवाको पनि चर्चाको शिखरमा छ ।
भिडियो हेर्न तल थिच्नुहोस।
Comments
Post a Comment