अहिले चलिरहेको, समाज सेवा युवा क्लब द्वारा आयोजित बागमती-६, सर्लाहीमा हुदै गरेको फुटबल टुर्नामेन्टमा बिगत ५ वर्ष देखि सांगीतिक क्षेत्रमा अग्रसर सिङ्घम लामा द्वारा निर्मित सिङ्घम युवा क्लबले आफ्नो अत्भुत खेल प्रदशन गरि सो टुर्नामेन्टमा आफ्नो सकारात्मक छाप छोड्न सफल भएको छ। सिङ्घम युवा क्लबले छहारी क्लब, हरिबनलाई ३ -१ ले, सहनी क्लब, बरहथवालाई ३-० ले पराजित गर्दै चौथो क्वाटर राउन्ड ,अन्तिम खेलमा मुर्तिया युवा क्लब, बरहथवा बाट ५-२ को अन्तरले उक्त टुर्नामेन्टबाट बाहिरिएको छ।
आफ्नो ठाउको खेलाडीको बिकास र एकीकृत गर्ने उदेस्य हेतु निर्माण भएको सिङ्घम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङ्घम लामा भन्नु हुन्छ, "हामीले निर्माण गरेको यस क्लबले आगामी दिन हरुमा पनि फुटबल मात्र नभएर अरु टुर्नामेन्ट र कार्यक्रमहरुमा आफ्ना खेलाडीहरुलाई सहभगी गराई उनीहरुलाई थप सहयोग र बिकाशका लागि थप आयोजनाहरु निर्माण गरि कर्यनायन गर्ने छ।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले उहालाई मुर्तिया विरुद्धको खेलमा पराजित हुनुको कारण सोध्दा बिपक्ष्य टिम बलियो भएको भन्दानी आफ्ना केही खेलाडीहरुमा तालमेल नमिलेर भएको उहाले बताए र यस क्लबलाई बिशेस सहयोग पर्दान गर्ने पासाङ्ग लामा, मनोज लामा, दिनेश घिसिङ्ग र अशोक लामालाई धन्यबाद जनाए साथै रेफ्री सन्तोष शाह लगायतका टिम र टुर्नामेन्ट आयोजक टिमले आफ्नो गाउँ ठाउँमा अनुसासनपूर्ण र भब्य खेल सफल पारिदिनुभएकोमा धन्यबाद दिए।
सानै देखि गीत संगीतमा रुचि राख्ने सिङघम लामा 'कान्छी तिम्रो प्यारमा', 'बालै फरार', दर्शनै गर्छु शिवको', आदि गीतहरुमा मुख्य कलाकारको रुपमा देखा परिसकेका छन्।
Comments
Post a Comment