Skip to main content

विश्व स्वास्थ्य सङ्गठनद्वारा नेपाल कोरोना भाईरसको उच्च जोखिमा भएको पुस्टि: सङ्क्रमण हुनबाट कसरी जोगिने? (हेर्नुनुस भिडियो सहित)

नेपालमा अहिले कोरोना भाईरसको त्रास बढ्दो क्रममा छ साथै कोरोना भाईरसबाट बच्न उपयोग गरिने मास्क र सेनिटाइजरको नेपाली बजारमा कालोबजारीको कारण अभाब सिर्जना भएको अवस्था छ। नेपाल सरकारले अहिले कोरोना भाईरसको संक्रमण फैलिन नदिन कोरोना भाईरसबारे नेपाली जनतालाई सचेत गराउनका निम्ति उच्चस्तरिय कार्यक्रमहरुको थालनी गरिसकेको छ। कोरोना भाईरसबारे संसदमा कुरा उठे लगत्तै नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा उत्तस्तरिय रणनीति पनि बान्ने भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाल कोरोना भाईरसको उच्च जोखिमा भएको र नेपाल सरकारलाई आइपर्ने महासंकटमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) नेपालको साथमा रहने प्रतिबद्दता जानाएको छ। कोरोना भाईरसको कारण बिस्वको अर्थ तन्त्रमा ठुलो गिरावट आएसंगै नेपालमा पनि यसको प्रबाब देखिनथालेको छ। आगामी दिनमा नेपालका होटल, रेस्टुरेन्ट, कलकारखाना, खादान्य आयात निर्यात, बायुसेवा, पर्यटन ब्यबसाय, शेयर बजार, अस्पताल, आदिमा ठुलो समस्या आइपर्ने देखिएको छ र यसलाई निर्मुल पर्न सरकार संगै स्थानीय तह बाट सम्पूर्ण ब्यबसाई र जनसाधारणले सतर्कता अपनाउदै भबिस्यमा आइपर्ने यी समस्याहरुसंग जुध्न वैकल्पिक योजना बनाउन देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस प्रकोपलाई "प्यान्डेमिक" अर्थात् "विश्वव्यापी महामारी"को सङ्ज्ञा दिएको छ।

यसअघि चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणका लागि उसले उक्त शब्दावली प्रयोग गरेको थिएन।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले भाइरसको खतरनाक तहको सङ्क्रमणले निम्त्याएको गम्भीर चिन्ताका कारण अहिले यो पदावलीको प्रयोग गरिएको बताए।

विश्वव्यापी महामारी के हो?

प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारीले एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको सङ्क्रमण देखिने स्थितिलाई जनाउँछ। पछिल्लो समय सन् २००९ मा स्वाइन फ्लू विश्वव्यापी महामारीका रूपमा फैलिएको थियो।

त्यसबाट हजारौँ मानिसले ज्यान गुमाएको विज्ञहरूको ठम्याइ छ। यदि नयाँ भाइरसको उत्पत्ति भएको छ र त्यसले मानिसलाई सजिलै सङ्क्रमण गर्न सक्छ तथा प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्छ भने विश्वव्यापी महामारी फैलिन सक्छ। कोरोनाभाइरसको अहिलेको प्रकोपमा यी सबै विशेषता छन्।

अहिलेसम्म कुनै खोप वा उपचारले रोक्न नसक्ने उक्त सङ्क्रमणको नियन्त्रण महत्त्वपूर्ण भएको छ। कोरोनाभाइरस सङ्क्रमण देखिएका देशको सङ्ख्या बढ्यो। अहिलेसम्म यो भाइरसको सङ्क्रमण ११८ वटा देशमा भेटिएको पुष्टि भएको छ।

कोभिड-१९ झन्डै एक लाख २५ हजार मानिसमा भएको पुष्टि भएको छ भने ४,६०० जनाभन्दा बढी ज्यान गुमाएका छन्। भाइरसको सङ्क्रमण विस्तारमा भाषाको परिवर्तनले कुनै परिवर्तन ल्याउँदैन। तर देशहरूले यसको नियन्त्रण गर्ने प्रयासमा परिवर्तन ल्याउने डब्ल्यूएचओको आशा छ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले भनेका छन्, "केही देशहरू क्षमताको अभावका कारण सङ्घर्ष गर्दैछन्। केही देशहरूले साधनस्रोतको अभावको सामना गरिरहेका छन्। केही देशहरू दृढताको अभावमा सङ्घर्ष गरिरहेका छन्।"

उनका अनुसार डब्ल्यूएचओले देशहरूलाई गरेको केही आग्रह यस्तो छ:

  • आपत्कालीन संयन्त्रलाई सक्रिय र क्षमता वृद्धि गर्न
  • मानिसहरूलाई यसको जोखिम र जोगिने उपायबारे बताउन
  • कोभिड-१९ बाट पीडित प्रत्येक व्यक्ति पत्ता लगाउन, तिनलाई अलग्याएर राख्न, परीक्षण गर्न, उपचार गर्न र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्न

सङ्क्रमण हुनबाट कसरी जोगिने र लक्षण देखिए के गर्ने


यस भाइरसको सङ्क्रमण फैलन नदिने प्रयासस्वरुप जनस्वास्थ्य विज्ञहरूले थुप्रै सुझाव दिइरहेका छन्।

आफूलाई कसरी जोगाउने?








लक्षणहरू के-के हुन्?



सञ्चो नभएजस्तो महसुस गरे के गर्नुपर्छ?





स्रोत: BBC Nepali, WHO (World Health Organization), Unicef Nepal,

Comments

चर्चित खबरहरु

अनिशा लामालाई ब्लड क्यान्सर, परिवारमा आर्थिक संकट,अहिले आई.सी.यु मा राखिएको

न्यून आर्थिक अवस्था भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामा आज मृत्यु र जीवनको दोधारमा छिन्। ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विमिरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौ सिविल हस्पिटलमा परिवारले लगेका थिए । चेकजाँचमा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए । हस्पीटलमा उनको शल्यक्रियासँगै २५ लाखभन्दा बढी उपचारमा खर्च भएको थियो। गत ४ महिना देखि ब्लड क्यान्सर संग जुध्दै आएकी अनिशा र उहाको परिवारले उपचारमा २५ लाख नगद संगै घर जग्गा गुमाई सकेका छन्। सिविल हस्पिटल, काठमाडौँ बेड नं २३७ मा अझै उपचार गराइरकि उनी भन्छिन, "मलाई यो अचानक के भयो दाजै? म मर्न चाहन्न"। आर्थिक अवस्था कम्जोर र घर जग्गा गुमाएपछि लामा परिवार अत्यन्तै निराश भएका छन्। बुबा अमृत लामा भन्छन्, "हिजो सम्म हास्दै खेल्दै गरेकी मेरी नानीलाई निको बनाइदिनुहोस"। छोरीलाई उपचार गराइरहेको विरामीका वावु अमृत लामाले ४४ महिनासम्म उपचार गर्नुपर्ने चिकित्सकले बताएको र अनुमानित २५ लाख रुपैया उपचारमा खर्च हुने चिकित्सकले जानकारी दिएको उनले

उत्कृस्ट खेलाडी दिनेश घिसीङ्गका कारण सर्लाहीको चर्चा....

नेपालको राजधानी भन्दा धेरै पर तराई भूभागको एक सुन्दर बस्ती अर्थात् गाउँ, सर्लाहीमा जन्मेका दिनेश घिसीङ्ग हाल सिङघम क्लबका मुख्य खेलाडीका रुपमा अगाडी आएका छन्। घिसीङ्गले यस पूर्व धेरै पटक आफ्नो धेरै टुर्नामेन्ट र म्याचहरुमा आफ्नो कौसलता प्रदशन गरि थुप्रै मनहरु जितिसकेका छन्। घिसीङ्गले थुप्रै टुर्नामेन्टमा म्यान अफ द म्याच भैसकेका छन्।  भर्खरै मात्र फुटबल मार्फत निकै चर्चा कमाएको सिङघम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङघम लामा भन्नु हुन्छ, "हामीले अहिले पाएको सम्मान र चर्चा दिनेश घिसीङ्ग बिना सम्भब थिएन, उसकै अत्भुत प्रदशन र मेहेनतका कारण हाम्रो टिमले सुरुवातमै ख्याति पाउन सफल भयो।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले सिङघम युवा क्लबका कप्तान असोक लामालाई घिसीङ्गको खेलको बारेमा सोध्दा यस्तो धारणा राखे, "म उसंग सानै देखि परिचित छु। उ खेल भनेपछि हुरुक्कै हुन्त्यो, उसको खेल हेर्न गाउँलेहरु मैदानमा भेला हुने गर्थे। हुर्किदै गर्दा उसलाई खेल्नका निमित्त टाढा टाढाबाट थुप्रै जिल्ला स्थरिय टिमहरुले बोलाउने गर्थे र सफलता पनि हात पार्थे। हाम्रो सानो गाउँलाई आफ्नो खेल मार्फत चिन

सुदुरपस्चिमेलि शैलीका सब्द र रचनाका साथ जनक ताम्राकार र महेश ताम्राकारको 'लौ सररर' सार्बजनिक, हेर्नुस (भिडियो सहित)

जनक ताम्राकार र महेश ताम्राकार फेरि आएका छन् सुदुरपस्चिमेलि शैलीका मिठा डोटेली सब्द र रचनाका साथ,लौ सररर लिएर सारा नेपालीहरुका माझ । यस दाजु भाइको जोडी सुदुरपस्चिमेलि शैलीको रचना गर्न अत्यन्तै माहिर छ। अल्मोडा उप्रेतीको साथमा 'काफल कमला' सार्बजनिक हुनासाथ यो जोडी नेपालभर लोकप्रिय भएको हो। लौ सरररमा पस्चिम नेपालमा बोलिने डोटेली भाषाको एकदमै राम्रो र मिठो उपयोग गरिएको छ। उक्त सांगीतिक भिडियोमा उदय राज पौडेलको संगीत एरेन्ज, उज्वल श्रेयन महतको मिक्स र मास्टर, आकाश श्रेष्ठ र अलिशा राईको अभिनय, सुशील न्यौपानेको सम्पादन तथा रंग, उत्सव दाहाल र टोलीको छायांकन, सगर प्रधानको निर्देशन, जनक तमाराकारको मिठो आवाज र महेश ताम्राकारको मनछुने सब्द आदि रहेको छ। यहि २०७५ साल अषाढ २८ गते सार्बजनिक भएको यस सांगीतिक भिडियोको अडियो कृपा द्रिश्य डिजिटलमा रेकर्ड गरिएको हो भने भिडियो रेकर्ड हाउस प्रोडक्सन द्वारा प्रस्तुत गरिएको हो। यी दुइ भईको जोडीले फेरि पनि नेपाली संगीत बजारमा येस्तै मिठा गीत गरु पस्किरहने छन्। लौ सरररको सम्पूर्ण टोलिलाई रमाइलो हेडलाईन्सको तर्फा बाट सफलताको लागी हार्दिक सुभकामना ।